काठमाडौं । महिन्द्रा पावरोलले सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड,सर्भिस हेड लगायतको सहभागिता रहेको थियो ।
यसै कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ पनि गरिएको थियो । यो सेवा कूपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले निःशुल्क श्रम सेवा तथाप्राविधिक टोलीबाट चौबिसै घन्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरू को फाइदा लिन सक्नेछन् । भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रुत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मन छुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउदै लैजाने योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया