राम्रो काम सहन नसकेर गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् : प्रधानमन्त्री दाहाल

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट विपक्षदलहरु विक्षिप्त भएको टिप्पणी गरेका छन् ।

आईतबार माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकमा उनले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको बताए ।

उनले भने, ‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएरका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?