कांग्रेसको रुपान्तरण अभियानकर्मीले भेटे प्रधानमन्त्री प्रचण्ड

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरण अभियानका अभियानकर्ताले प्रधानमन्त्री श्री पुष्पकमल दाहाल(प्रचण्ड) ले विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा विभिन्न काण्डहरुमा थप सशक्त भएर लाग्न सुझाव समेत दिइएको छ ।

उक्त भेटमा अभियानकर्ताहरुले भ्रष्टाचारको मुद्दामा शून्य सहनशिलता अपनाई ललितानिवास काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, जातिय द्वन्द्व तथा समाजिक सद्भाव भड्काउने लगायत विषयमा सरकारलाई ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंहले केसीले जानकारी दिए ।

त्यस्तै देशमा भइरहेको संविधान विपरित हुने र राष्ट्रको बेईज्जत गराउने सबै मुद्दामा बलियो रुपमा आफुलाई उभ्याई उचित छानबिनद्वारा सत्यतथ्य बाहिर ल्याई जनतामाझ एउटा बलियो सरकार रहेको महसुस गराउन आग्रह गरिएको उनले बताए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले यी सबै मुद्दामा आफू गम्भीर ढंगले प्रस्तुत भैइ यसलाई निचोडमा पुर्याईछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?