के कांग्रेसले टुंगो लगायो समिति सभापतिको उम्मेदवार ?

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको सभापतिको उम्मेदवार टुंगो लगाउन बैठक बसेको छ ।

गठबन्धनको भागबण्डा अनुसार ४ वटा समितिको भागबण्डा पाएको कांग्रेसको बैठक जारी रहेको छ ।

बैठकमा सभापतिसहित पदाधिकारी प्रमुख सचेतक र सचेतकले नामबारे टुंगो लगाउने कांग्रेसको सूचना, प्रकाशन तथा प्रशारण विभागका प्रमुख मिन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।

कांग्रेसले सभापतिको उम्मेदवारको नाम टुंगो लगाएको भन्दै नामहरु बाहिरिएको थियो तर त्यसो नभएको समेत उनले स्पष्ट पारे ।

यता सत्तारुढ गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादीले शिक्षा समिति पाएको छ । शिक्षा समितिको सभापतिका लागि एकीकृत समाजवादीले भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीले नेतृत्वका लागि आफूूलाई अघि सारेको लोकपथलाई जानकारी दिए ।

‘पार्टीले पाएको भागबण्डा अनुसार शिक्षा समितिको सभापतिमा मलाई अघि बढाउने कुरा आएको छ ।’ उनले भने, ‘पार्टीबाट तयारी अवस्थामा रहन आग्रह आएको छ त्यही अनुसार तयारीमा छु ।’

यता नेकपा एमालेले ३ वटा समितिको सभापतिको टुुगो लगाएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयनको मिति तोकिएको छ । भोलि निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?