काठमाडौं । सत्तारुढ गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादीले शिक्षा समिति पाएको छ ।
शिक्षा समितिको सभापतिका लागि एकीकृत समाजवादीले भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीले नेतृत्वका लागि आफूूलाई अघि सारेको लोकपथलाई जानकारी दिए ।
‘पार्टीले पाएको भागबण्डा अनुसार शिक्षा समितिको सभापतिमा मलाई अघि बढाउने कुरा आएको छ ।’ उनले भने, ‘पार्टीबाट तयारी अवस्थामा रहन आग्रह आएको छ त्यही अनुसार तयारीमा छुु ।’
यता नेकपा एमालेले ३ वटा समितिको सभापतिको टुुंगो लगाएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
यता नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाउन बैठक बसिरहेको छ । संसदीय दलको बैठकले नाम टुुंगो लगाउने काम भइरहेको कांग्रेसको सूचना, प्रकाशन तथा प्रशारण विभागका सभापति मिन विश्वकर्माले लोकपथलाई जानकारी दिए । कांग्रेसले गठबन्धनको भागबण्डा अनुसार ४ वटा समितिको दाबी गर्ने तयारी गरेको छ ।
‘अहिले पार्टी सभापति, अन्य पदाधिकारीहरु, सचेतक प्रमुख सचेतसहितको बैठक बसिरहेको छ । केही बेरमा नाम टुंगिएला ।’ उनले भने ।
संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयनको मिति तोकिएको छ । भोलि निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया