राजपाले आजपनि पार्टी मातहतका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को समग्र विकासका लागि पार्टी मातहतका प्रतिनिधिसँगको छलफललाई आज पनि जारी राख्ने भएको छ । 

हिजोदेखि जनकपुरमा शुरु भएको तीनदिने कार्यक्रम अन्तर्गत आज (शनिवार) अध्यक्ष मण्डलसहित प्रदेशका मन्त्री, सांसद, पार्टी र सरकारबीच समन्जयकर्ताबीच छलफल हुने भएको हो । 

राजपाका महासचिव मनिष कुमार सुमनका अनुसार छलफलका लागि राजपाबाट निर्वाचित भएका स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका सभापति र उपसभापति सहित संघीय संसदका सांसदलाई पनि छलफलका लागि बोलाइएको बताए । 

राजपाले प्रदेश सरकार र पार्टीबीच समन्वय गर्न म्रिगेन्द्र कुमार यादव, शेखर सिंह र विजय सिंह रहेको तीन सदस्यीय बनाएको थियो । 

शुक्रवार बसेको पहिलो दिनको बैठकमा प्रदेश सरकार गठन भए यताको काम कारवाहीको समिक्षाका साथै काम गर्न भइरहेको कठिनाइका विषयमा छलफल भएको थियो ।

प्रदेश सरकारका मन्त्रीको काम र कर्तव्यका विषयमा समेत छलफल भएको महाचिव सुमनले बताए । 

भोलि (आइतवार) अन्तिम दिनको बैठकमा प्रदेश २ का राजपाका जिल्ला अध्यक्षसँग छलफल गर्नेछ । 

राजपाले प्रदेश सरकार गठन भएको एक वर्ष वितेपछि सरकारले गरेका कामको समिक्ष गर्न सो कार्यक्रमको आयोजना गरेको हो । 
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?