उद्योग समितिमा रास्वपाले उम्मेदवारी दिने, पराजुलीलाई अघि सार्ने तयारी

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको समितिहरुको नेतृत्वको लागि आज मनोनयनको कार्यसूची रहेको छ ।

राजनीतिक दलहरुले आ–आफ्नो दाबीसहित उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

संसदको प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उम्मेदवारी दिने तयारी गरेको छ । जसको लागि रास्वपा छलफलमा जुटेको छ । शुरुवातमा रास्वपाबाट सांसद गणेश पराजुलीको नाम अघि सारिएको छ । तर त्यसमा छलफल र दलभित्र सहमति हुन बाँकी रहेको पराजुलीले लोकपथलाई जानकारी दिए ।

‘मेरा नाम आएको छ तर त्यसमा पार्टीमा सहमति जुटाउन बाँकी छ ।’ उनले भने ।

समितिहरुमा सरकार पक्षले भाग लिने र लेखा समितिमा प्रमुख प्रतिपक्षीले भाग लिएर काम गर्नुपर्नेमा एमालेले सत्ता पक्षसँग मिलेर संसदीय समितिमा उम्मेदवारी दिने तयारी गरेको छ । एमालेले राजनीतिक भागबण्डा नै खोजेर समितिको नेतृत्व गर्न लागेपछि आफूूहरुले त्यसको प्रतिरोधका लागि उम्मेदवारी दिन लागेको पराजुलीले बताए ।

‘हामीले जित्छाैँ भनेर त्यसमा उम्मेदवारी दिन लागेका हैनौँ । जसरी प्रमुख प्रतिपक्षी दलले सत्ता पक्षसँग मिलेर आफ्नो रवैया देखायो, त्यसको विरोधमा हामीले उम्मेवारी दिन लागेका हौँ ।’ उनले भने ।

भोलि संसदीय समितिको निर्वाचन हुँदैछ ।

प्रतिनिधि सभाले कामकारबाही थालेको लामो समय हुँदा पनि संसदीय समितिले नेतृत्व पाउन सकेको थिएन । जसको कारण जेष्ठ सदस्यले बैठक सञ्चालन गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?