काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङको शुुल्क बढाएपछि त्यसको विरोध भइरहेको छ ।
एकैपटक चर्को शुल्क बढाएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन (नेविसंघ) सडकमा ओर्लिएको छ ।
नेविसंघले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । केही दिनयता शुल्क घटाउन मागसहित विभिन्न निकायलाई ध्यानाकर्षण गराएको थियो । तर माग सम्बोधन नभएपछि नेविसंघले प्रधानमन्त्री कार्यालय घेराउ गरेको हो । बढाइएको् शुल्क तत्काल घटाउनुपर्ने माग नेविसंघको रहेको छ ।
त्यसो त शुल्क घटाउन कुनै पहल नभएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत रहेका सुलभ चापागाईं अनसनरत रहेका छन् । आईओईले ३ लाख १३ हजार रहेको इन्जिनियरिङको शुुल्क एकैपटक ७ लाख ७५ हजार पुर्याएको छ ।
शुल्क वृद्धिपछि मारमा परेका विद्यार्थीहरुले समेत आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया