राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै

लोकपथ
208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बोलकबोलका माध्यामकबाट निर्धारण गरिने उक्त ऋणपत्रको व्याजदर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । साथै, ऋणपत्र धितो राखी व्यक्तिले कर्जासमेत लिन सक्ने जनाइएको छ ।

घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमाभित्र रहेर पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने ऋणपत्रको बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा कुनै एक बोलवालाको बोलकबोलमा खरिद गर्न पाइने छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?