१३ आश्विन २०८०, शनिवार

विश्वव्यापीरूपमा फास्टेस्ट ग्रोइङ्ग अटोमोटिभ ब्राण्ड “सेरेस” नाडामा लन्च हुँदै

२०८०,भाद्र,९,शनिवार १७:४८

54
Shares

काठमाडौं । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष ५००० कम्पनीहरूको प्रदर्शन मूल्याङ्कन गर्दछ ।

सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सोकोन (हाल सेरेस) एक सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ । साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढी गाडीहरु बेचिरहेको छ ।

प्रतिबद्धता, नवीनता र उत्कृष्टताको अटुट प्रयास पछि सेरेस द्रुत गतिमा विस्तार हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ । विश्वको अग्रणी ‘ टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी हुनु सेरेसलाई थप उचाईमा पुर्याएको छ । सोहि साझेदारी स्वरूप सेरेसले डिजिटल समाधान, स्मार्ट प्रविधि र कनेक्टिभिटीका लागि हुवावेको टेक्नोलोजी प्रयोग गरी आफ्ना ग्राहकहरुलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्दै आइरहेको छ ।

सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ । इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ । सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक रिसर्च एण्ड डेभलपमेन्ट विंग लाई संचालन गर्दै आएको छ । ड्राइभिङलाई थप पर्यावरण–मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

आउँदो २६ भाद्रबाट सुरु हुन गइरहेको नाडा अटो सोमा लन्च गर्ने भनिएको सेरेसलाई नेपालमा भने एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो। सेरेस ३ को टेस्ट–ड्राइव तथा अनुभवका लागि सेरेसको बुथमा (ए–६) सम्पर्क गरी बिस्तृत जानकारी लिन सकिने कम्पनिले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८०,भाद्र,९,शनिवार १७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डे को अबसर पारेर

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०