जिसस कानून निर्माणलाई प्राथमिकतामा राख्न एमाले सचेतकको सरकारसंग माग

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला समन्वय समिति (जिसस)को भूमिका स्पष्ट पार्दै काम, कर्तव्य र अधिकारको प्रभावकारीतका लागि आवश्यक कानून निर्माणमा ध्यान दिन सरकारसंग माग गरेका छन् ।

जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनमा उनले जिल्ला समन्वय समितिको विषयलाई सबै राजनीतिक दलको साझा महत्वको विषय बनाउनुपर्ने बताए । साथै उनले संविधानले चिनेको संयन्त्रलाई प्राथमिकता दिएर आवश्यक कानून निर्माण कार्यलाई पूर्णता दिन सरकारसँग माग गरे ।

संसदको प्रमुख प्रतिपक्षी दल एमाले कानून निर्माण प्रकृयामा साथ दिन तयार रहेको बतएका उनले भने, ‘एमालेको तर्फबाट म यहाँहरुलाई भन्न चाहान्छु,’ प्रतिवद्धता व्यक्त गर्न चाहान्छु यो विषयमा सिङ्गो सबै राजनीतिक दलका नेतृत्वले सकारात्मक दृष्टिकोणका साथ पहल कदमी र भूमिका निर्वाह गर्नुपर्दछ । त्यसकारण यसमा सरकारले पहल कदमी लियोस् । यो प्रकृयामा सहयोग पु¥याउनुपर्ने आवश्यक कानून निर्माण गरेर जिल्ला समन्वय समितिहरुलाई देखिने गरी भूमिकामा रहन पाउने गरी अगाडि बढाउन हामीले निर्वाह गर्नुपर्ने भूमिका निभाउन प्रमुख प्रतिपक्षी दलको तर्फबाट सहयोग गर्न तयार रहेको कुरा म हात उठाएर भन्न चाहान्छु । राज्यले चिनेको,संविधानले चिनेको यो संरचनालाई संघीय सरकारले हामीले नचिन्न पाउँदैनौ ।’

उनले संविधानले चिनेको राज्य संयन्त्रलाई कानून अभावमा स्थानीय, संघ र प्रदेश सरकारले नचिन्ने अवस्थाको अन्त्य गर्नका लागि जतिसक्दो चाँडो सरकारले कानून निर्माण प्रकृयालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?