काठमाडौं । सुनसरीको धरानमा जारी निषेधाज्ञालाई कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
मध्यरातिदेखि धरानमा लगाइएको निधेषाज्ञा कडाई गर्न ठूलो मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ ।
धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले निकालेको शान्ति र्यालीलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
इटहरीबाट धरान जाने सर्वसाधरण तथा आन्दोलनकारीहरुलाई रोक लगाएको छ ।
निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन् भने सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालेरका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा रोकिएका छन् ।
जिल्ला प्रशासनले धरानको पानीपियादेखि निषेधाज्ञा जारी गरिएकाले र्याली धरानबाहिर रोकिएको हो । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।
जिल्ला सुरक्षा समितिको बैठकले मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका थिए । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया