काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बेलुका ७ बजे पुन बस्ने भएको छ ।
शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफल भएपनि ठोस निर्णयमा नपुगिएको संसदीय दलको उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।
उनले भने, ‘संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा ठ्याक्कै निर्णय भएको छैन् । हाम्रो आफ्नो तर्फबाट के तयारी गर्ने भन्ने छलफल भएको छ । बेलुका फेरी ७ बजे बैठक बस्नेछौं ।’
बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया