प्रधानमन्त्री प्रचण्डले जातीय द्वन्द्व निम्त्याएको कांग्रेस नेता कोइरालाको आरोप

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा जातीय द्वन्द्व निम्त्याएको आरोप लगाएका छन्।

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रममा बोल्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन्।

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा ठूलो असर गर्ने कोइरालाले बताए ।

मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न नसकिने र संविधानमा लेखिएका भन्दा बाहिरको कुरा कदापी स्वीकार्य नहुने बताए ।

उनले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अप्ठ्यारो परिस्थितीमा गएको प्रति चिन्ता व्यक्त गरे ।

नेता कोइरालाले देशको प्रधानमन्त्रीले बहुमत दिएको र जातीय पहिचानको प्रदेश बनाउँछु भनेर दिएको अभिव्यक्ति कत्तिको उचित हो ?’ भन्दै प्रश्न समेत गरे ।

साथै उनले जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउने बताए ।

कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?