घट्यो पाउण्डको मूल्य, अरुको कस्तो छ ?  

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको मूल्य घटेको छ । हिजो पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । आज युरोको भाउ घटेको छ । युरो एकको खरिद दर आज १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो एक युरोको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा तोकिएको थियो ।

त्यसैगरी कतारी रियालको मूल्य सामान्य बढेको छ । आज रियाल एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?