काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट एनआरएन आयरल्याण्डको अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दीलाई १०४ मतान्तरले हराउँदै निर्वाचित भएका सापकोटाले आगामी दिनमा आयरल्याण्डमा रहेका नेपालीहरुको हकहितमा थप सशक्त भएर काम गर्ने बताए ।
साथै उनले गैर आवासीय नेपालीले पाउनुपर्ने दोहोरो नागरिकता कार्यान्वयनको सवालमा सरकारले चासो देखाएर काम गनुुपर्नेमा जोड दिए । आफूले त्यसको पहल गर्ने समेत बताए ।
एनआरएन आयरल्याण्डका पूर्व अध्यक्ष तथा एनआरएन युरोपका पूर्व उपसंयोजक शुक्रराज न्यौपाने प्रमुुख निर्वाचन आयुुक्त रहेको समितिले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया