प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

लोकपथ
338
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो पदमा नियुक्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानन्धरले शुक्रबार नै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरे ।

स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ ।

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?