१ करोड ४५ लाख रुपैयाँकाे विलासी कार ‘अउडी’ नेपाल भित्रियो

लोकपथ
1k
Shares

काठमाडौं । जर्मनी विलासी कार ‘अउडी’ आधिकारिक रुपमा नेपाल भित्रिएको छ । शुक्रबार काठमाडौं आयेजित कार्यक्रम मार्फत ‘अउडी’ उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको जानकारी दिएको हो ।

काइरोस इन्टरनेसनल काठमाडौंले ‘अउडी’का विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल ल्याएको छ ।

सुरुवाती चरणमा काइरोसले ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको दुई भेरियन्ट ल्याएको छ । यो विद्युतीय ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोव रहेको छ ।
‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

‘अउडी’को विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त रेहको विश्वका विभिन्न देशमा ‘अउडी’को ई–ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाईन्छ । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्र्याएको छ ।

सुरुमा २ मोडल भित्र्याएको कम्पनीले ‘अउडी’का अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध हुने गराउने छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ ।

काइरोसले उपलब्ध गराएको ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?