काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले चितवनी पूर्णमाया गुरुङसँग क्षमा मागेका छन् ।
गुरुङले उपाध्यायले सामाजिक सञ्जालमा लेखेको विषयले आफूलाई मानसिक तनाव दिएको भन्दै उनको आलोचना गरेकी थिइन् । जसको कारण उपाध्यायले माफी मागेको सामाजिक सञ्जालमा बताएका छन् ।
गुरुङले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता समेत गरेकी छिन् ।
पूर्व सचिव उपाध्यायले पीडितलाई फोन गरेर आज माफी मागेका छन् ।
‘चितवनकी भरतपुर–१६ की पूर्णमाया गुरूङ बहिनीलाई फोन गरेर मेरो पोष्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु। यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोष्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले विगत ४÷५ दिनदेखि काम नगर्दा उनले पठाएको मेसेज मैले पढ्न नपाउदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ । नभए यो समस्या उतिनै बेला सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’– उपाध्ययले सामाजिक सञ्जालमा भनेका छन् ।
उक्त असमझदारी पूर्णमाया गुरूङ र आफूबीचको मात्रै भएको बताउँदै उनले बीचमा तेस्रो पक्ष नआउन पनि भनेका छन् । हिन्दुहरुले देउता मान्ने गरेको गोरु धरानमा काटिँदा पूर्णमाया र आफू दुवै अपमानित भएको उनको भनाई छ ।
‘हामी दुवै सनातनी हिन्दु र गाईगोरू पुजा गर्ने, गाई गोरूको मासु नखाने मान्यता राख्ने एकै समुदाय हौँ। धरानमा हामीले देउता मान्ने गोरू काटिदा हामी दुवै निकै अपमानित भएका छौँ,’– उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया