वीरगञ्जमा आज समाजवादी मोर्चाको पहिलो सन्देश सभा

लोकपथ
28
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले पहिलो सन्देश सभा आयोजना गर्दैछ ।

(शुक्रबार) वीरगञ्जमा पहिलो सन्देश सभा आयोजना गर्न लागेको हो ।

मोर्चामा सहभागि जनता समाजवादी पार्टीको आयोजनामा दिउँसो १ बजे वीरगञ्जमा सभाको आयोजना हुन लागेको हो ।

मोर्चाले भदौ १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो ।

असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?