राष्ट्रपति पौडेल र जापानका संसदीय टोलीबीच  भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणका रहेको जापानको संसदको माथिल्लो सदनका सदस्यहरुबीच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल जापान संसदीय मैत्री समूहका सदस्यहरु समेत रहनु भएका माथिल्लो सदनका सांसदद्वय कोबायाशी काजुहिरो र नागानी मान्बुको उपस्थिति थियो ।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरेका थिए । उनले नेपालको प्रजातन्त्रको विकास र सदृढीकरणमा जापानको सहयोग निरन्तर रहेको भन्दै आभार समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?