गौरा पर्वमा सार्वजनिक बिदा दिनेबारे छलफल भईरहकेको छ : परराष्ट्रमन्त्री साउद

लोकपथ
49
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गौराको पर्वमा सार्वजनिक बिदा दिने विषयमा मन्त्रीपरिषद्मा छलफल भईरहकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे उनले धेरै वर्ष पहिले सरकारले बिदा धेरै भयो भनेर गौराको पर्वको पनि काटेको भन्दै अर्को वर्षदेखी बिदा दिने गरी मन्त्रीपरिषद्मा छलफल भईरहेको बताए ।

उनले भने, ‘गौरा पर्वको अवसरमा नेपाल सरकारले राष्ट्रिय बिदा दिन सकेको छैन धेरै वर्ष अगाडी बिदा धेरै भयो भनेर गौराको बिदा काटिएको रहेछ यस बारेमा मन्त्रीपरिषदमा पनि यो कुरा पुगेको  छ ।  छलफल हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्ष विदाको बारेमा सकारात्मक हुन्छ भन्नु भएको छ ।’

उनले आउँने दिनमा यस पर्वलाई राष्ट्रियकरण गरेर राष्ट्रिय विद्यामा हरेक नेपालीको पर्वको रुपमा लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?