काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको प्रतिनिधि धुलिखेल ट्रमा तथा आपतकालिन केन्द्र सुधार परियोजनाका लागि प्राप्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारकी प्रवक्ता रेखा शर्माले सो कुरा जानकारी दिएकी हुन् ।
त्यस्तै अर्थमन्त्रालयको प्रस्तावमा धितोपत्र दर्ता तथा निष्काशन (सातौँ संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृत गर्ने निर्णय समेत भएको छ ।
त्यसैगरी गृहमन्त्रालयको प्रस्तावमा शैक्षिक प्रमाणपत्र, नागरिकता तथा अन्य डकुुमेन्टमा भएको उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया