काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) ले बारामा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले मृतकप्रति श्रद्धान्जली र घाइतेप्रति स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् ।
‘बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको दुःखद् निधन हुनुका साथै १७ जना गम्भीर घाईते भएको घटनाले मलाई दुःखि बनाएको छ । दुर्घटनामा दिवंगत हुने सबैप्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु साथै घाईतेहरुको उपचार को लागी सरकार संग जोडदार माग गर्दछु।’ उनले भने ।
त्यस्तै विभिन्न काण्डमा सरकारले देखाइरहेको सक्रियताप्रति सरकारको प्रसंशा समेत गरे । आगामी दिनमा सरकारी निकायहरुलाई चुस्त बनाइ काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया