सांसद सिंहको प्रश्न : ‘गौहत्याको विषयले जातीय, धार्मिक द्धन्द भए के हुन्छ ?’

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकसिंह विष्टले गौहत्याको विषयले नेपालमा जातीय र धार्मिक द्धन्द हुनसक्ने भन्दै सचेत हुनुुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद विष्टले गौहत्या प्रकरणमा सरकारले कुनै चासो नदेखाएको बताए ।

‘हाम्रो राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोजभतेर गरेर मिडियामा देखाउन गइरहेका छौँ । यो कुनै तत्वले बाह्य तत्वले त गरिराखेको छैन । हाम्रो सरकारले के हेरिराखेको छ ? एक शब्द बोल्न सकिराखेको छैन । यदी यही निहुँमा धार्मिक द्धन्द या जातीय द्धन्द भयो भने के हुने होला ?’उनले भने ।

भारतको मणीपुरमा भएको जातीय द्धन्दको उदाहरण दिँदै राज्य चनाखो हुन नसकेमा नेपालमा पनि त्यस्तै द्धन्द हुनसक्ने भन्दै ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?