काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसहित कोही पनि मन्त्री नगएको भन्दै आलोचना भएको छ ।
बैठक शुुरु भएपछि शून्य समयको कारबाही चलिरहेका बेला एमाले सांसद सूर्य थापाले संसदबाट सरकार हराएको टिप्पणी गरे ।
उनले बैठकमा प्रधानमन्त्री र एक जना मन्त्री पनि नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
उनले प्रतिनिधि सभाको नियमावली अन्तर्गत प्रधानमन्त्री र मन्त्रीहरु बैठकमा आउनुपर्नेमा ध्यानाकर्षण गराए ।
सोही समयमा केही मन्त्रीहरु बैठकमा उपस्थित भएपछि अहिले बैठक जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया