संसदीय समितिका सभापतिको लागि निर्वाचनको मिति तोकियो 

लोकपथ
63
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतका समितिले नेतृत्व पाउने भएका छन् ।

नयाँ निर्वाचन भइ प्रतिनिधि सभा सञ्चालनमा आएको लामो समय हुुँदा पनि हालसम्म समितिले नेतृत्व पाउन सकेको थिएन ।

आज सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले आगामी भदौ ११ गते दिउँसो १ बजे निर्वाचनको मिति तोकिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले लोकपथलाई जानकारी दिए ।

अधिकारीले भने, ‘सभामुखले सभापति निर्वाचन भदौ ११ गते १ बजेका लागि निर्धारण गर्नुभएको छ ।’
यसअघि नै सबै राजनीतिक दलहरुले प्रतिनिधि सभा अन्तर्गतका १० र राष्ट्रिय सभा अन्तर्गतका २ संयुक्त समितिको नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

हाल संसदीय समितिका सभापति नहुँदा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्दै आइरहेका थिए । नेतृत्व विहिन अवस्थामा समितिको बैठक सञ्चालन भइरहेको भन्दै आलाचना समेत भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?