काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्ध परेको रिटमा आज सुनुुवाइ हुँदैछ ।
थापाले प्राप्त गरेको विश्वासको मत संविधानविपरित रहेको भन्दै परेको रिटको सुनुुवाई सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ ।
बुधबार पूर्वमुख्यमन्त्री एवं कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेसमा कानुन व्यवसायी दुुर्गाबहादुर दाहालले उनीविरुद्ध संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम परमादेशको मागसहित सर्वोच्चमा मुुद्दा दर्ता गरेका थिए ।
उक्त मुद्दामा प्रदेशप्रमुख खापुुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष रहेका सांसद इस्राइल मन्सुुरी, अध्यक्ष मण्डलकी सीता तिम्सिना र प्रदेश सभा सचिवालयविरुद्ध मुुद्दा दर्ता भएको थियो ।
सभाध्यक्ष निष्पक्ष भूमिकामा रहनुपर्नेमा राजनीतिक दललाई सहयोग गरेको भन्दै उनको नियुक्ति बदरको माग गरिएको छ ।
त्यसो त यसअघि पनि मुख्यमन्त्री थापाको नियुक्तिमा तत्कालिन सभामुख बाबुराम गौतमको समेत साथ रहेपछि उनीविरुद्ध रिट परेको थियो ।
सर्वोच्चको आदेशपछि उनी मुख्यमन्त्रीबाट हटेका थिए भने पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुनः मुख्यमन्त्री नियुुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया