बैंकिङ क्षेत्रको चुक्ता पुँजी चार खर्ब २५ अर्ब नाघ्यो

लोकपथ
169
Shares

काठमाडौं । बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब २५ अर्ब दुई करोड ७० लाख रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५५ वटा संस्थाहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् ।

अघिल्लो आवको सोही अवधिमा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ६१ वटा बैंक तथा वित्तीय संस्थाहरुको कुल चुक्ता पुँजी भने चार खर्ब ११ अर्ब २४ करोड १० लाख रुपैंयाँ रहेको थियो । सोही आधारमा पछिल्लो समय बैक तथा फाईनान्स कम्पनीहरुको संख्या घटेपनि चुक्ता पुँजी भने बढेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बाँणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैंयाँ रहेको छ । यो चुक्ता पुँजी अघिल्लो आवको तुलनामा १० अर्ब एक करोड ३० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवमा भने बाँणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब ८४ करोड ४० लाख रुपैंयाँ रहेको थियो ।

पछिल्लो अवधिमा विकास बैंकहरुको मात्र चुक्ता पुँजी भने ४० अर्ब १८ करोड २० लाख रुपैैंयाँ पुगेको छ । विकास बैंकहरुको यो चुक्ता पुँजी अघिल्लो आवको तुलनामा तीन अर्ब २० करोड ५० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवमा विकास बैंकहरुको यस्तो चुक्ता पुँजी ३६ अर्ब ९७ करोड ७० लाख रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी भने १४ अर्ब ९८ करोड ७० लाख रुपैंयाँ रहेको छ । फाईनान्स कम्पनीहरुको यो चुक्ता पुँजी अघिल्लो आवको तुलनामा ५६ करोड ७० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी १४ अर्ब ४२ करोड रुपैंयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?