बारामा बस दुर्घटना : ७ जना तीर्थयात्रीको मृत्यु, १७ जना घाइते

लोकपथ
63
Shares

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

काठमाडौंबाट भारतको महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको सो बस सडकबाट तल खहरेमा खसेको थियो ।
घटनापछि उपचारको क्रममा ७ जनाको मकवानपुरको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य १७ जना घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?