राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

लोकपथ
0
Shares

कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौँमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेण्डा तय गरिसकेको छ ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिबेदन प्राडा बिष्णु भण्डारीले पेश गर्नेछ ।
यसैगरी बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एवम् बिभाग प्रमुख बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?