कोशी सरकारको वैधानिकताविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने

लोकपथ
0
Shares

काठमाडौं ।  सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज (बिहीबार) हुने भएको छ ।
बुधबार दायर रिटमा थापाले लिएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सो रिट बिहीबारको पेसीमा चढेको जानकारी दिए ।

सोहीअनुसार रिट कुनै न्यायाधीशको इजलासमा पेस भई अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशको माग हुन सक्नेछ ।

नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?