काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा सत्ता पक्षका सांसदहरुको नाम आएपछि सरकार सुस्ताएको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सो कुरा बताएका हुन् ।
सरकारले सुशासनको नारा लगाइ रहे पनि सरकारले भने जसरी काम गर्न नसकेको समेत टिप्पणी गरे ।
‘सुन प्रकरणमा सत्ता पक्षका नेताहरुको नाम आउनेबित्तिकै सरकार सुस्ताएको छ । के सरकारले भन्न खोजेको प्रकरण र सरकारले दिन खोजेको सुशासन यही हो ?’ उनले भने ।
सुन प्रकरणबारे बन्न लागेको छानबिन समितिले उचित काम गर्न नसक्ने समेत टिप्पणी गरे । यसअघिका छानबिन समितिहरु निकम्मा बनाइएकोतिर बताउँदै अहिलेको काम गर्न सकोस् भन्दै ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया