काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटनामा मृत्यु भएका ४ यात्रुको सनाखत भएको छ ।
जसमध्ये म्याग्दी रघुगंगा गाउँपालिका–३ बस्ने वर्ष ५० को थानबहादुर भण्डारी, पर्वत जिल्लाको मोदी गाउँपालिका–१ बस्ने वर्ष १५ कि कृतिका शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेल र कास्की फूलबारी –११ बस्ने २५ वर्षीय सुमन थापा रहेका छन् भने बाँकी ४ जनाकोे सनाखत हुन बाँकी रहेको छ ।
घाईतेमध्ये टिचिङ अस्पतालमा पर्वत जिल्ला मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेलको टाउको र निधारमा चोट लागेको अवस्था उपचार भईरहेको छ ।
त्यसैगरी प्राथमिक उपचार केन्द्र गजुरीमा उपचार गरेपछि बस चालक म्याग्दी बेनी नगरपालिकाका दिपक थापा, म्याग्दी बेनीकै पूर्ण छन्त्याल, कुशल अधिकारीलाई काठमाडौँ रेफर गरिएको छ ।
नाम नखुलेको अन्दाजी ४० वर्षकी महिलाको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको जानकारी गिरीले दिए । अवस्था गम्भीर रहेका अन्य दुई जना पुरुषलाई पनि काठमाडौँ रेफर गरिएको छ ।
मन्त्रालयका अनुसार गजुरी अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दी मंगला गाउँपालिका–२ कि गीता जंजाली मगर, बागलुङकी सुष्मा क्षेत्री, पर्वत फलेवासकी हरिकला गौडेल, म्याग्दी अन्नपूर्णकी अन्जु रानामगर, म्याग्दी गरुङ्गंगाका प्रविन पुन, बङ्गलादेशी नागरिक मोहमद हजिरहुल, म्याग्दी रघुगंगाकी रिना रानामगर, बागलुङ गलकोटका ज्ञानु बुढामगरलाई काठमाडौं रेफर गरिएको छ ।
उद्धार टोलीले बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका– ६ बस्ने बर्ष ३४ का रोशन तामाङलाई सकुशल उद्धार गरी नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया