५६ खर्ब पुग्यो बैंकिङ क्षेत्रको कुल निक्षेप, कर्जा प्रवाह कति ?

लोकपथ
117
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आर्ईतबार अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी पछिल्लो विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनानस कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन ।

यसरी संकलन भएको कुल निक्षेप रकम मध्येमा बाँणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४९ खर्ब ४१ अर्ब रुपैंयाँ रहेको छ ।

यसबाहेक बिकास बैक र फाईनान्स कम्पनीहरुले भने यस अवधिमा छ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । राष्ट्र बैंकका अनुसार भदौको पहिलो सातासम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा प्रवाह रकम भने ४८ खर्ब ६० अर्ब रुपैंयाँ पुगेको छ ।

उक्त कर्जा मध्येमा बाँणिज्य बैंकहरुको मात्र कुल कर्जा प्रवाह रकम ४२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा प्रवाह रकम भने पाँच खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात (सिडी) रेसियो भने यस अवधिमा ८३ दशमलव ५४ प्रतिशत कायम भएको छ । बैंकिङ क्षेत्रमा निक्षेप बढेकै आधारमा बैंक तथा फाईनान्स कम्पनीहरुबिच हुने अल्पकालीन अवधिको कारोबार अर्थात अन्तर बैंक कारोबारको औषत व्याजदर छ दशमलव १९ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?