रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेट

लोकपथ
117
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटघाट भएको छ ।

लामिछानेलाई भेट्न राजदूतसहितको टोली रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेको थियो ।

भेटघाटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यप्रतिभा रावल लगायतको सहभागिता रहेको सो भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको थियो ।

May be an image of 4 people and newsroom
उक्त भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको राजदूूत थम्पसनले जानकारी समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?