काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।
धादिङको गजुरीस्थित छहरा भन्ने स्थानबाट बस त्रिशुली नदीमा खस्दा हालसम्म ८ जनाको मृत्यु भएको छ ।
हासम्म ८ जनाको मृत्यु भइसकेको र अन्यको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले लोकपथलाई जानकारी दिए ।
उनका अनुुसार घाइतेमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ । भने २ जनाको त्यही स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश नं ३–०१–००५ ख ९९५२ नम्बरको उक्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेका थिए ।
बस पानीभन्दा माथि नै रहेको छ । भने केही बच्चाहरुको चप्पल भेटिएको कारण थप उद्धारका लागि गोताखोरको टोली खटाइएको छ ।
उनका अनुसार घाइतेहरुको प्राथमिक उपचार केन्द्र गजुरीमा उपचार भइरहेको छ ।
सहचालक भीरमा अड्किएको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएर उद्धार कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया