आफूमाथि दुर्व्यवहार भएको भन्दै हर्क साम्पाङले दिए प्रहरीसमक्ष उजुरी

लोकपथ
98
Shares

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष उजुरी हालेका छन् । वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी हालेका हुन् ।

मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै हप्कीदप्की गरेको भिडिओ सार्वजनिक भएको थियो । ती महिलाले अदालतको पत्र देखाएपछि मेयर साम्पाङले ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?