काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएसँगै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
मुख्यमन्त्री थापाले विश्वासको मत पाउदा सभाअध्यक्षले पनि मत दिएको भन्दै एमाले अदालत जान लागेको हो । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभाकी उपसभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया