काठमाडौं । धादिङको गजुरीस्थित त्रिशुली नदीमा खसेको बसबाट यात्रुहरुको उद्धार थालिएको छ ।
केहीबेरअघि काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुुबाहक बस धादिङको गजुरीको छहरा भन्ने ठाउँबाट त्रिशुुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार हालसम्म १८ जनाको उद्धार गरिएको छ । निरन्तर पानी परेका कारण नदीको पानी धमिलो रहेको छ । जसको कारण उद्धारमा केही समस्या भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया