एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बुधबार बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान ८ बजेदेखि बैठक सुरू भएको हो ।

मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ ।

अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए । बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेकार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?