ओलीको स्वास्थ्यमा समस्यापछि सर्यो शीर्ष नेताहरुको बैठक

लोकपथ
427
Shares

काठमाडौं । आजका लागि बोलाइएको शीर्ष नेताहरुको बैठक सरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि बैठक भोलिसम्मका लागि सरेको हो ।

बैठकमा सहभागि हुन पुुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीको अस्वस्तताको कारण बैठक सरेको जानकारी दिए । सिंहदरबारबाट बाहिरिने क्रममा उनले प्रधानमन्त्रीले सुन प्रकरणमा एमालेको मागबारे सहमति भएको समेत बताए ।

‘सहमति नभएको भन्दा पनि आजपनि केपीजीको स्वास्थ्य स्थिति राम्रो भएन भनेर उहाँ आउनुभएन । त्यसकारण बैठक भोलिलाई स¥यो’, प्रधानमन्त्री प्रचण्डले भने ।

सोमबार राति शीर्ष नेताहरुले सुन प्रकरणमा छानबिन समिति बनाउने एमालेको मागबारे छलफल गरेका थिए । उक्त छलफलले एमाले माओवादी र कांग्रेसका एक एक जना सदस्य रहनेगरी कार्यदल बनाएको थियो ।

कार्यदलले विस्तृत ड्राफ्ट तयार गरी आज बैठकमा बुझाउने कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?