१२ आश्विन २०८०, शुक्रवार

कोशी प्रदेश : सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले

२०८०,भाद्र,५,मंगलवार १५:५८

108
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत संविधान विपरित रहेको भन्दै एमाले अदालत जाने भएको छ ।

सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए । तर सभाध्यक्ष इस्राइम मन्सुुरीले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कोशी एमाले अदालत जाने भएको हो ।

आज कोशी प्रदेश प्रेस चौतारीले गरेको कार्यक्रममा बोल्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता समेत रहेका हिक्मत कुमार कार्कीले सो कुरा बताएका हुुन् ।

‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौं, हामीसँग अर्को विकल्प छैन ।’ उनले भने ।
प्रदेशमा पहिचानवादीहरुको आन्दोलन रहेका बेला उनीहरुको आवाज गठबन्धन दलका नेताहरुले सुन्न नचाहेको समेत आरोप लगाए ।

कुन शक्तिले उचालेर प्रदेश अशान्त रहिरहेको छ भन्दै प्रश्न समेत गरे ।

‘यो कसरी आइरहेको छ ? कुन शक्ति केन्द्रको उक्साहटमा भइरहेको छ सचेत हुनुपर्छ’, नेता कार्कीले भने,’राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौम सत्ताविरुद्ध लाग्न खोजिएको त छैन ?’

कोशीमा सभामुखले राजीनामा दिएको अवस्थामा उपसभामुखले सभा सञ्चालन गर्ने प्रावधान रहेको छ । तर उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं आएपछि सभा सञ्चालनको जिम्मेवारी कांग्रेसका सांसद एवं जेष्ठ सदस्य मन्सुरीलाई दिइएको थियो । सभाध्यक्षको जिम्मेवारी पाएको व्यक्तिले निष्पक्ष भूमिका खेल्नुपर्नेमा दलको पक्षपोषणमा लागेको भन्दै एमालेले नाराबाजी समेत गरेको थियो । यसअघि पनि माओवादीबाट निर्वाचित बाबुराम गौतमले उनै थापालाई मतदान गरेपछि एमाले सर्वोच्च पुुगेको थियो । सर्वोच्चको फैसला अनुसार थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको थियो ।

प्रकाशित मिति: २०८०,भाद्र,५,मंगलवार १५:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८