काठमाडौं । एक सय केजी सुन तस्करी प्रकरण मस्यौदा समितिले ड्राफ्ट तयार पारेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज (मंगलबार) दिउँसो १२ बजे बसेको मस्यौदा समितिको बैठकले ड्राफ्ट तयार पारेको हो ।
केही बेरमा बस्ने शीर्ष नेताहरुको बैठकले उक्त ड्राफ्टलाई अन्तिमरूप दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने र त्यतिसम्म सीआईबीले छानबिन सक्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
सोमबार राति बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए । दलीय सहमति अनुसारबैठकले उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डेलाई जिम्मा दिइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुको साथै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया