प्रधानन्यायाधीश श्रेष्ठले अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ लिने

लोकपथ
35
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

त्यसलगतै श्रेष्ठले सर्वोच्च अदालत पुगेर न्यायलयको सर्वोच्च पद प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार श्रेष्ठको नाम अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिर्वाय अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा थिए ।

४१अघि अस्थायी अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनले ३१औं प्रधानन्यायाधीशका रुपमा १४ महिना जिम्मेवारी सम्हाल्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?