ललिता निवास जग्गा प्रकरण : सीआईबीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

लोकपथ
35
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।

सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेर सरकारी वकिललाई पठाएको हो ।

सीआईबी प्रवक्ता दिनेश आचार्यका अनुसार केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाएको हो ।ब्युरोले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको छ ।

ललिता निवास प्रकरणमा सीआईबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको स्रोतले जनाएको छ ।

त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ ।

सिआइबीले गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, पूर्वखरिदार गोपाल कार्की र पूर्वशाखा अधिकृत धर्मप्रसाद गौतमलाई पक्राउ गरी पुनः अनुसन्धान सुरु गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?