काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
आफ्नो निवास धुम्बाराहीमा सभापति देउवाले समसामयीक राष्ट्रिय राजनीतिका बारेमा छलफल गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
‘पार्टी सभापतिज्यूूले पदाधिकारीहरुसँग विभिन्न विषयमा छलफल गर्नुभएको हो ।’ उनले भने ।
बैठकमा सभापतिसहित उपसभापतिहरु, महामन्त्री लगायत पूर्व पदाधिकारीहरुको समेत उपस्थिती रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया