हरियो तरकारिको मूल्य थोकमा भन्दा खुद्रामा दोब्बर

लोकपथ
52
Shares

काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार घिउसिमीको मुल्य बढेर ११० रुपियाँ पुगेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तुनेबोडीको मूल्य बढेर ११० रुपैयाँ थोकमै पुगेको छ भने खुद्रामा यसको मूल्य प्रतिकेजी २२० रुपैयाँसम्म किनबेच भएको छ । यस्तै सेतो मुला बढेर ७६ रुपैयाँ पुगेको छ । स्थानीय काउली प्रतिकेजी ८८ रुपैयाँ, मकैबोडी ८५ रुपियाँमा थोकमा किनबेच भइरहेको छ ।

यस्तै भटमास प्रतिकेजी १०४, तितेकरेला प्रतिकेजी ५०, लौका प्रतिकेजी ८० , परबर प्रतिकेजी ७०, घिरौँला प्रतिकेजी ५० र भिन्डी प्रतिकेजी ५० रुपैयाँमा किनबेच भइरहेको छ । यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?