अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको हो ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?