काठमाडौं । बृहत नागरिक आन्दोलनले सुन प्रकरण, ललिता निवास प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनले सुन काण्डमा नाम जोडिएका उच्च पदस्थ नेता तथा परिवारका सदस्यहरुलाई कारबाही गर्न नसक्नुमा सरकारको कमजोरी रहेको ठहर गरेको छ । सुन काण्डमा जोडिएका सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई कारबाही गर्न नसकेको भन्दै उनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
‘सुन प्रकरणमा नाम जोडिएका उच्च पदस्थ नेता तथा परिवारका सदस्यहरुलाई गिरफ्तार गरेर कारबाही अघि बढाउन नसक्नुुले सरकारको असक्षमता प्रष्ट पारेका छ । अझ नाम जोडिएका केही व्यक्तिलाई गिरफ्तार गरेर केहीलाई संरक्षण गर्दा राज्य दुुईथरी नागरिकलाई दुईथरी कानुन त छैन भन्ने संशय उत्पन्न गरेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘कृष्णबहादुर महरालाई अनुसन्धानको दायराबाट बाहिर राख्नु कानुनी राज्यको उपहास हो । फौजदारी जवाफदेहिताबाट उन्मुक्ति दिन गरिएको यो आन्दोलनको बृहत नागरिक आन्दोलन भर्त्सना गर्दछ ।’
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तलाई गिरफ्तार गरी अनुसन्धान गरी अनुसन्धान अघि बढाइरहेका प्रहरी प्रमुखहरुलाई आकस्मिक सरुवाको निर्णयले आम नागरिकमा शंका उत्पन्न गरेको नागरिक आन्दोलनको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया